विनासकारी भुकम्पको ३ बर्ष वित्यो, ३ सिईओ फेरिए तर पिडित अझै त्रिपाल मुनि

केदार चापागाँई
वैशाख, १२ काठमाडौं ।
३ बर्ष अघि २०७२ साल बैशाख १२ गते मध्ययनमा आएको विनाशकारी भूकम्पको कारण हजारौको ज्यान जानुको साथै लाखौ मानिसहरु विस्थापित भएका थिए । लगातार महिना दिन सम्म सानो तिनो भुकम्पको झड्का आइ रहदा तत्कालिन समयमा जनमानसमा ठुलो सन्त्रास फैलिएको थियो । जुन वेला मानिसहरु महिनौ दिन सम्म खुल्ला चौरमा बस्न बाध्य भएका थिए ।
तत्कालिन समयमा सरकार, दातृ निकाय, अन्य मुलुक र सहयोगी संघसंस्थाहरुको सहयोगमा मानिसहरुको उद्धार र बन्दो बस्तीको व्यवस्था मिलाइएको थियो । सरकारले पनि तत्काल राहत र पुर्ननिमार्णको लागि सहयोग गर्ने घोषण गरेको थियो ।
तर भुकम्प गएको ३ बर्ष वित्दा पनि पिडितको अवस्थामा केहीलाई राहत मिलेपनि अधिकाशंको अवस्था अहिले पनि दयनीय छ । नागरिकहरु अहिले पनि भत्केकै घर, टहरा र त्रिपाल मुनि बस्न बाध्य छन् ।
भुकम्प पश्चात पुर्न निर्माणको लागि बनेको पुर्ननिर्माण प्राधिकरणको सिईओ ३ बर्षमा ३ जना फेरि सके तर पिडितको अवस्थामा खासै परिवर्तन आएन ।
अस्थिर सरकार र पिडित प्रति जिम्मेवार निकाय जवाफदेहि बन्न नसक्दा भुकम्प पिडितले ३ बर्षमा पनि पुर्ण रुपमा राहत नपाएको गुनासो गरेका छन् । बैशाख १२ को त्यो विनासकारी भुकम्पले थुप्रै संस्कृति एवं धार्मिक सम्पदाहरुमा पनि क्षति पुर्याएको छ । जसको पुर्ननिमार्ण पनि कछुवाको गतिमा भै रहेको छ ।
ऐतिहासिक धरोहरको रुपमा रहेको सुनधाराको धरहरा निर्माणको लागि सरकारले घोषण गरे पनि आजसम्म कुनै पनि कार्य भएको छैन ।
यता भुकम्प पश्चात सामुहिक बस्ती निर्माणमा जुटेका हास्य कलाकार सिताराम कट्टेलले र्धुमुस सुन्तली फाउन्डेन मार्फत ३ वटा व्यवस्थित र भुकम्प रहित सामुहिक बस्ती निर्माण गरि बस्ती हस्तान्तरण गरि सकेका छन् । आफ्नै पहलमा विभिन्न दाताहरुबाट सहयोग जुटाएर उनले बस्ती निर्माण गरिदीएका हुन् । एउटा व्यक्तिको इच्छा शतिmले आफै स्रोत र साधन जुटाएर यत्रो ठुलो पुर्ननिमार्णको कार्य गर्न सक्छ । तर सरकारसँग यति धेरै स्रोत साधन हुदाँ पनि कुनै उदाहरणीय पुर्न निर्माणको कार्य गर्न नसक्नु सरकारको कमजोरी रहेको पिडितको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार