क्यान्सरपीडित सन्चमाया खापुङ्लाई उपचारर्थ सहयोग आज सन्चमायाका श्रीमान तेजकुमार खापुङ्लाई म्याङ्लुङ्मा हस्तान्तरण भएको छ । किरात याक्थुङ खापुङ सङ्जुम्भोका महासचिव खगेन्द्र खापुङ, कोषाध्यक्ष गोपाल खापुङ, सल्लाहकार विश्वराज खापुङ र खापुङ सोसियल कम्युनिटी युकेका सल्लाहकार त्रैलोक्य खापुङ्को उपस्थितिमा रुपैयाँ २० हजार हस्तान्तरण गरिएको हो
मिना खापुङ (हङ्कङ) १० हजार, ऋषि खापुङ (मलेसिया) ५ हजार, ग्ंगा खापुङ (बुटवल) १ हजार, त्रैलोक्य खापुङ (युके) ४ हजार गरि २० हजार संकलन भएको थियो ।
सञ्चमायालाई यस अघि हङकङकै लक्ष्मी खापुङबाट २२ हजार प्रदान भइसकेको भने सञ्चमाया खापुङ बचाउ अभियानमार्फत सहयोग जुटिरहेको छ ।
यो पनि पढ्नुहोस्