काठमाडौं, १७ पुस । डा. अन्जु खापुङको स्वरमा ‘जुनी जुनीभरिलाई…’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द, संगीत पनि अन्जुकै छ ।
गीतको एरेन्ज अर्जुन रावतले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रेशम गदालले गरेका हुन् ।
होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भिडियो तथा एनिमेशन डा. विदुर अधिकारीले गरेका छन् । डा.विदुर अधिकारी अन्जुका श्रीमान हुन् ।
भिडियो अन्जुको आफ्नै च्यानलमार्फत सार्वजनिक भएको छ ।
पेशाले दन्त चिकित्सक अन्जु गीतसंगीतको पारखी पनि हुन् । उनले स्कुलेजीवनदेखि नै गाउँदै आएकी छिन् । वि.सं. २०५७ सालको एसएलसी परिक्षामा मोरङ जिल्लामा महिलातर्फबाट प्रथम पनि हुन् ।
उनले कान्तिपुर डेन्टल कलेजबाट स्नात्तकोत्तर गरेकी छन् ।