क्यान्सरपीडित सञ्चमायाको लागि सहयोग आव्हान

  देवेन्द्र खापुङ  787 पटक हेरिएको

तेह्रथुम, ६ पुस । म्याङ्गलुङ नगरपालिका १० सुस्लिङ निवासी तेज कुमार खापुङ्गको पत्नि सन्च माया (ईन्द्र माया) लिम्बु क्यान्सरपीडित बनेकी छिन् ।

बिगत ९ महिना पहिलेदेखि बिराम भई उपचारको क्रममा हालको रिपोर्ट घाटीको क्यान्सर भएको बुझिएको छ । तत्काल अप्रेसन गर्नुपर्ने तर परिवारको आर्थिक स्थिति एकदमै कम्जोर रहेको छ ।

बिरामीको अप्रेसनको लागि ठुलो रकम लाग्ने भएकोले दानवीरहरुमा सहयोग आव्हान गरेका छन् ।

तत्कालका लागि तेजकुमार खापुङको (सम्पर्क नम्बर ९८२३१९५२६४) सुमित खापुङ (सम्पर्क नम्बर ९८६१०९७०३४) मा सम्पर्क गरी विरामीको अवस्थाबारे बुझ्न र सहयोग गर्न सकिने भएको छ ।

आव्हान समितिले फेसबुक म्यासेन्जर ग्रुप बनाई सहयोग जुटाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार