सर्पदंशबाट निधन भएका किरण खापुङलाई कोरियाबाट सहयोग हस्तान्तरण

  देवेन्द्र खापुङ  392 पटक हेरिएको

उर्लाबारी मोरङ । मेन्छ्यायेम ५ साबिक मोराहाड्. १ निबासी सोम कुमार खापुङ (थपा माईला ) गरिबीका कारण पहाड छाडी उर्लाबारीमा अस्थाई बसोबास गरिरहेको अबस्थामा एक मात्र छोरा किरण खापुङलाई बिषालु सर्पले डसेर उपचारका क्रममा यहि मंसिर १६ गते २४ बर्षको उमेरमै असामयिक निधन भएको छ ।

केही वर्ष अघि श्रीमती गुमाएका तथा एक छोरी बिरामी छिन् भने मृतक छोरापट्टि तीन महिना नपुग सुत्केरी वुहारी र नाती छ । सघाउने छोरा नै बितेपछि सोमकुमारलाई समस्या आइपरेको छ । रित्तो हात अब यत्रो परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।

यो समस्या परेपेछि कोरियामा रहेका खापुड् दाजुभाई तथा भाना भान्जाहरूबाट केही सहयोग रकम जुटाएका छन् ।

उक्त जुटाइएको रकम निम्न छ ।

१.प्रकास खापुङ १,००,०००₩
२.रत्न खापुङ १,००,०००₩
३.नैन सिं खापुङ ५०,०००₩
४.दिल कुमार खापुङ १,००,०००₩
५.यज्ञराज खापुङ ५०,०००₩
६.जेम्स सम्बाहाङफे (हर्क) १,००,०००₩
७.केसब खापुङ ५०,०००₩
८.बिक्रम खापुङ १,००,०००₩
९.नयन खापुङ (हर्क) ५०,०००₩
१०.उज्जल खापुङ ५०,०००₩
११.बिरूहाड्. खापुङ १,००,०००₩
१२.राजन खापुङ ५०,०००₩
१३.मन कुमार खापुङ ५०,०००₩
१४.परशुराम खापुङ (चक्रघट्टि, सुनसरी) (२०,०००₩
जम्मा रकम वोनमाः ९,७०,००० ₩

नेपाली रुपैयामा रुपान्तरण गर्दा १ लाख ६ हजार ५ सय ९३ हुनआएको र उक्त रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार