श्रीमती नरमाया खापुङ (हुक्पाचोङबाङ)को मंसिर २९ गते निधन

  देवेन्द्र खापुङ  541 पटक हेरिएको

पथरी, मोरङ । तेह्रथुम मोराहाङका स्व.आसदल खापुङका नाति, स्व. इन्द्रवीर खापुङका छोरा स्व.हर्कधन खापुङको श्रीमती नरमाया खापुङ (हुक्पाचोङबाङ)को मंसिर २९ गते मोरङ जिल्लाको पथरीशनिश्चरेमा असामयिक निधन भएको छ । उहाँहरु विगत लामोसमयदेखि पथरीमा बसोबास गर्दै आएका थिए ।

शवको अन्त्येष्टी मंसिर ३० बिहान १० बजे पथरी शिविर अगाडि भएको छ ।

निजका छोराहरू ओजेन्द्र खापुङ, स्व. डम्बर खापुङ, विष्णु खापुङ र छोरी फूलमाया खापुङ छन् भने बुहारीहरू भगवती खापुङ राई, सुकमाया खापुङ वनेम, कृष्णमाया खापुङ सिङजागू, दिल कुमारी खापुङ राई हुन् ।
नाता नातिनाहरू सरू, सारा, सपू, कबिता, दिपा, बिनीता, यामा, ताङसाङ, सङजुम्भो, नूमा, चन्द्रबहादुर, ढुण्डी राज, विबेष, विबेक र पनाता पनातीहरू अरमान, बरमान तान्छोहाङ, आदित्य नुन्छोमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार