सहारा खापुङ अभिनित म्युजिक भिडियो

 515 पटक हेरिएको

काठमाडौं, ५ पुस । सहारा खापुङ अभिनित खगेन्द्र यक्सो र सुनिता सुब्बाको स्वरमा नयाँ गीत सार्वजानिक भएको छ । यक्सोकै रचना र संगीतमा ‘मायाले पर्खिबसेको…’ गीत भिडियोमा सार्वजानिक भएको हो ।

परदेश गएको श्रीमानलाई सम्झिएर विरक्तिएको भावलाई समेटेको गीतलाई एरेन्ज र मिक्स चन्दु गोर्खालीले गरेका हुन् । जीवन श्रेष्ठको छायांकन, कला कन्दङ्वाको भेषभुषा, मिडिया फर कल्चरको सम्पादन र खगेन्द्र यक्सोको निर्देशन रहेको भिडियोमा टीआर सेनेहाङ र साहारा खापुङले अभिनय गरेका छन् ।

भिडियो युमाआर्टमार्फत हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार