खापुङ बुहारी रीता फोम्बो ठूलीको तुम्मुई पाःलाम सार्वजनिक

  देवेन्द्र खापुङ  503 पटक हेरिएको

 

काठमाडौं, ५ पुस । गीतकार रीता फोम्बो ठूलीको रचनामा तुम्मुई पाःलाम युट्युवमा सार्वजनिक भएको छ ।

रीता फोम्बो बेलायतमा रहने सुर्य खापुङका श्रीमती हुन् । उनी गीत संगीतमा सक्रिय छिन् ।

लिम्बू जातिमा लोकप्रिय रहेको पाःलामका विभिन्न भाग हुन्छन्, जसलाई मुई भनिन्छ । जसमा तुम्मुई र सेम्मुईको विशेष स्थान हुन्छ । तुम्मुईको अर्थ भेट्नु भन्ने बुझिन्छ ।

डीबी लिम्बू, जीवन केदेम र पूर्णकुमारी पाङ्माको स्वरमा तयार भएको पाःलामलाई शिरकुमार साम्पाङले निर्देशन गरी म्युजिक भिडियोमा ढालेका हुन् ।

भिडियोमा मदन लिम्बू, बिनु तुम्बाहाम्फे लिम्बू, पुर्णमाया पाङ्मा लिम्बू, दिप केरुङ्ग लिम्बू, गीतामाया फोम्बो, रितुराज लिम्बू, इन्दिरा नेम्बाङ्ग लिम्बू, बिष्णु कुमारी लिम्बू, जीवन केदेम् लिम्बू, ललिता पाङ्मा लिम्बू, भीममाया पाङ्माकलाई देख्न सकिन्छ ।

दिनेश राईको छायांकन, बसन्त वाम्बुले राईको सम्पादन, विष्णु मोक्तानको इक्युप्मेन्ट रहेको भिडियो रीता फोम्बो ठूलीको युट्युव च्यानलबाट हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार