तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारी खापुङलाई सहयोग

  देवेन्द्र खापुङ  236 पटक हेरिएको

काठमाडौं, ५ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म भई म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङसंग वैवाहिक जीवनयापन गरिरहेकी भीमकुमारी निङ्लेकुलाई सम्पर्क मञ्चले सहयोग गर्न पुगेको छ । उनको दुबै मृगौला फेल भई गत वर्षदेखि विराटनगर नर्सिङ होममा निरन्तर रुपमा उपचार भइहेको छ । निजको घरको आर्थिक अवस्था दयनीय भएको बुझेर मञ्चले सहयोग गरेको हो ।

 

सहयोगदाताहरुको नाम लिँदै निवर्तमान अध्यक्ष प्रेम सुब्बा खापुङले ६५ हजार ५० रुपैया हस्तान्तरण गरेका थिए । सहयोग गर्नेहरुमा तेह्रथुम मलेशिया सम्पर्क मञ्चको कोषबाट आरएम ४००, मनोज लिम्बू, फेदाप गाउँपालिका वडा नं. १ आरएम १५१, चेत थापा, पाँचथर आरएम १५१, सुरेन्द्र मगर, पाँचथर आरएम लक्षमण लिम्बु, फेदाप १, आरएम १०५, उमा खजुम म्याङ्लुङ न.पा. आरएम ५१, रमेश थापा, लालिगुराँस नपा आरएम ५०, चन्द्र फेदाप लिम्बु, छथर ३, आरएम ५०, तोया रोसन ढकाल फेदाप ५, आरएम ५०, पुर्ण गुरुङ्ग म्याग्लुङ्ग, आरएम ५०, निर्मल इमिहाङ् लिम्बु छथर ४ आरएम ३०, नगेन्द्र दाहाल म्याङ्लुङ १, आरएम ३१, बिष्णु कुमार राई फेदाप १ आरएम ५०, सन्तोष लिम्बु (फेदाप१), आरएम १०५, चन्द्रबहादुर लिम्बु (फेदाप २) आरएम १०५, महेन बस्नेत (लालीगुराँस ७) आरएम २५, खोमबहादुर खड्का –लालीगुराँस ७) आरएम २५, सीता चाम्लिङ राई आरएम ५१, संगम लावती (पाँचथर मिक्लाजोङ्ग ५) आरएम १२०, उपेन्द्र गुरुङ (म्याङ्लुङ ७) आरएम ५१, कुमार तेयुङ लिम्बु (लालीगुराँस ८) आरएम ३०, मोहनलाल राजवंशी आरएम ११, भुमेश गुरुङ (गेलाङ्ग स्याङ्जा) आरएम ३०, प्रवेश सेर्मा लिम्बु ( पाँचथर) आरएम १६१, महेन्द्र कुरुम्बाङ्ग (फेदाप) आरएम ५१, नानु श्रेष्ठ (काभ्रे) आरएम ५१, पुस्कल देवान (धनकुटा) आरएम ५५, माधब थापा –लालीगुराँस ७) आरएम ५०, बिमन लिम्बु – लालीगुराँस ७) आरएम ५०, नेत्र बहादुर अधिकारी (रमाइलो मोरङ) आरएम ५० र मुकुन्द सङ्ग्रौला –लालीगुराँस ६) आरएम २१ गरी जम्म आरएम २२६६ जुटेको थियो । जसलाई नेपाली रुपान्तरण गर्दा ६५ हजार ५० भएको थियो ।

विरामी भीमकुमारीले आफ्नो अवस्था क्रमिकरुपमा ठीक हुँदै आएको बताइन् । विरामीका श्रीमान धनवीर खापुङले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी सहयोग रकम लिएर आएका प्रेम सुब्बाले तेह्रथुम मलेसिया सम्पर्क मञ्चको अवस्थाबारे पनि जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार