मेरो घर तेह्रथुम जिल्लाको मोराहाङ गाविस वडा नम्बर ६ हो । जन्म पनि त्यहिँ हो । त्यस्लाई पहिले मुराहाङ पनि भनिन्थ्यो । खापुङ वंशावलीको तीन दिने भेला फागुन २४ देखि २६ सम्म त्यहीँ हुँदैछ । त्यहाँ यूके, मलाया, हंगकंगलगायत सवै ठाउँका खापुङहरु आउँछन् । दार्जिलिङतिरको मदतकार धेरै छन् । पढेलेखा र हुने खाने पनि भएकाले आउँदैछन् ।
मेरो वुवा हाङ्नारायण पनि पल्टनमा वैदार (लेसनायक) थिए । आमा सञ्चरानी फागो हो । जम्मा चारभाइमा दुई जना विते हामी दुई छौं । हामी दुई माउको ८ भाइ हौं । जेठीपटिको एकजनामात्र जीवित छन् । बुवाले पहिलो विश्वयुद्ध सकिन सकिन लाग्दा भेटेका थिए । बुवा यूनिटमा नपुगीकन नै युद्ध भएको थियो । सवै मरुभूमि जस्तो भएको थियो’रे ।
म २०१३ सालमा भर्ति हुँदा दोश्रो विश्व युद्धको छाप ताजै थियो । हामीलाई ‘ब्ल्याक बोर्ड’मा पढाउँथे । त्यतिखेर पढ्न नसक्नेलाई मैले एक्स्ट्रा कोचिङ दिनु पथ्र्यो । त्यतिखेर म भर्खर साढे सत्रसालको थिएँ । सालले चाहिँ १८ वर्षमा थिएँ । सन् १९५६ को अक्टोवर ३० मा भर्तिको लुगा पाएँ । मेरो जन्म वि.सं.१९९५ असार ११ गते भएको हो । अंग्रेजीमा सन् १९३९ भेट्छ ।
हाम्रो पालामा दुःख–दुःख थियो । स्कुल थिएन । सुब्बाको घर भएकोले भर्पाई, रसिद, चलानी लेख्ने हुन्थ्यो । मैले २००५ सालमा क, ख पढ्न थालेँ । त्यो भन्दा पहिला पनि बुवाले सुनाउनु हुन्थ्यो । तर, त्यो त ख्यालै हुँदैन थियो । मामुलि पढाई ६ सालमा सुरु भयो । बुढो पण्डित बाहुनले पढाउँथ्यो । त्यसपछि, नेवाइको गोतामेहरुले पढायो । मात्रा छिचोलेपछि बल्ल कागतमा लेख्न पाइन्थ्यो । हामी तितेपाति, झारपातबाट रंग निकालेर मसि बनाउँथ्यौं । लेकको मालिंगोको कलम बनाउने कल्ले ? त्यहि भएर उन्यूको ठूलो डाँठले अक्षर लेख्थ्यौं । त्यस अवस्थामा सवै डराउँथ्यो । त्यतिखेर राणाशासन भएकोले पढाउन डराउँथे । तर, पनि स्थापना भयो ।
२०१० सालमा हामी ठेकीभेटी र ढाक्रेहरूलाई नउठाउनु भन्ने पार्टी सिस्टम निस्क्यो । गोर्खा परिषदहरु निस्के । खेतला, वेठी वन्द भयो । नियमिक बेगर बोलाउला भन्ने आयो । त्यसपछि, १२ मा एउटा आयो, १३ मा अर्कै आयो । १५ मा क्यान्डिडेट दियौं । भोटर्सले र क्यान्डीडेटले नदेख्ने गरी कराएर भोट हुन्थ्यो, वडाहरुमा । त्यसरी तालिमसँगै उम्मेदवार छानिन्थ्यो । भने, भोटलिस्ट पनि गरिन्थ्यो । त्यसरी १५ सालमा चुनाव भयो ।
१८ सालको माघ १८ गते भुकम्पले मरिन्छ भनेर कटेरो बनाउन लगाए । सवैले बनाए । एउटा बाहुनले भूकम्प आउँदैन, केही पनि हुँदैन, भनेर बाजी राख्यो । जित्यो । हामी हिस्स भयौं । ऊ त विहानै गाउँ–गाउँ डुल्यो । त्यस्तो हल्ला गर्ने पनि महापण्डित भन्ने थियो । को थियो कुन्नि विर्सिएँ । उनीहरुले नै पात्रो पनि उतार्थे ।
….
मैले तीन मोहर, चारमाना चामल र अरण्डीको खास्टो अनि दुई थान लुगा बोकेर लागेको थिएँ । हामी मोराहाङमा जम्मा भएर, ताङ्माया ओरालो हुँदै जिरी, उम्फुवा खोलामा बास बस्दा गल्लाले नाम टिपेको पुरा नभएपछि उम्फुवामा हाम्रो बास हेर्नेहरु मध्ये दुई जना त्यहिँ थपिए, अझै दुई जना पुगेन त्यस दिन धनकुटा मुडेमा सुत्यौं । त्यसपछि धारापानीदेखि तल झर्यौं । अहिलेको धरानको भानुचोक पश्चिमपटिको तेह्रथुमेको होटलमा बसेर साँझ चारकोषे जंगल हुँदै जोगमनि गयौं । हामी चाहिँ गाडीमा चढ्ने बानी नभएकोले नचढेको हो । गल्लावाल, दार्जिलिङ आईजाई गर्नेहरु चाहिँ चढेर गए । हामी गीत गाउँदै, हाक्पारे पालाम भन्दै झर्यौं । हामी उज्यालो हुँदा दुहबी पुगेका थियौं । आठवजेतिर जोगबनी पुग्यौं । खानाको व्यवस्था रहेछ । नुहाउँने, धुवाउने भयो ।

1/10 GR, 21147619 CPL
६ बजे बेलुकी लुम्बीनी नौतुनामा जान गाडीमा चढायो । हामी त फटाई पनि गथ्र्यौं । तर, इमान्दारसाथ भन्छु, मैले त्यसो गरिन । रिजर्भमा पनि मान्छे झुण्डिन्थे । हामीसँग उनीहरुको वात पनि मिल्दैनथ्यो । गुरुजीले सारो सारो हिर्काउनु हुँदैन भन्थे । तर, केटाहरुले कति झारे–झारे । नौतुनामा नौ बजे पु¥यायो ।
भोली पल्टदेखि हाम्रो छनौट भयो । अति जाडो ठाउँछ । नौतुना अहिलेको लुम्बिनी अञ्चलमा पर्छ । गल्लाको नाम खड्ग वहादुर लुङ्फुङ्वा हो । तेह्रथुम कै । मलाई त ठूलो र अग्लो जीउ भएकोले उसैले विदेश जाउँभन्दा म जान्न भन्थे । धेरै पटक कर गरेपछि गएँ । गएको चार दिनमा लुगा पायौं । त्यसपछि इन्डियाको लेहराभन्ने ठाउँमा पुर्यायो । पुण्या सहरमा नै पहिले पेन्सन लिन जान्थे । हामीलाई त्यहिँ नौ दिन राख्यो । भात ख्वाउँदै राख्ने कुरा भएन । मोटा–मोटी रूपमा पल्टने आनीबानी सिकाउँथ्यो ।
लेहरामा त रमाइलो हुन्थ्यो । गिटार भर्खर निस्केको थियो । मादल चाहिँ टम्बुपिच्छे थियो । एक टम्बुमा १० जना हुन्थे । उनीहरु उनीहरुकै भाषामा नाचगान गर्थे, ५÷६ वटा सुई लगाउनु पर्दा त मारेछ भन्ने लाग्थ्यो । ज्वरो नै फुट्यो । कहिल्यै सुई नहानेको मान्छेलाई हैरान हुने नै भयो । व्यारेक सेन्ट्री बस्न एक मिटरको डन्ठी दिन्थ्यो । गुरुजीहरु टम्बुभित्र तास जुवा भयंकर खेल्थे ।
हाम्रोमा फावाखोला वखिमपटिको लिम्बू गुरुजी थियो । हामी ५० जना एउटै घरमा बस्यौं । कलकता रेलमा लग्यो । त्यसपछि डमडमबाट हवाईजहाजमा लग्यो । जब हामी पास भयौं । हामी २० रुपैयाँ महिनाको लागि नाँप जाँचमा गएका थियौं । त्यो एक किसिमले बेचेको बराबर हो । गुरुजीको कन्ट्रोलमा पुगेपछि हाम्रो तलब ४० भयो । त्यसपछि कलकता पुग्दा ६० भएको थियो भने हवाई जहाजमा चढेपछि ७५ भयो । तालिम पूरा हुँदा ५ रुपैयाँ बढेर ८० भयो । तर, क्लास पास गर्दै जाँदा पाँच रुपैयाँ बढ्ने भयो । पाँच वर्षमा २ दुई रुपैयाँ ५० पैसा पनि बढ्थ्यो । दुई छुट्टीपछि ८५ भयो । क्वालिफाइडले जितेर जान्थ्यो । म पेन्सन आउँदा मेरो पेन्सन एक सय भारु पुगेको थियो । त्यति पैसाले पनि थुप्रै काम बन्थ्यो ।
मेरो विवाह त २०१२ सालमा नै भद्रसिला सम्बाहाङ्फे लिम्बूसँग गरेको थिएँ । अहिले काख रहँदा २ जनामात्र रहे । तर, जन्मँदा चाहिँ पाँच जना थिए ।
भ्रमण र सेवा
मैले धेरै मुलुक घुम्न पाइन । हंगकंग, बु्रनाई र मलेसियामात्र हो । मैले मेरो भाग्य नै मलेसियामा सिकेँ, पाएँ । मलेसियामा भाइहरुलाई पनि पल्टनमा लगाएर आएँ ।
मलायामा कम्युनिस्टहरुलाई स्याल खोजाई खोज्नु पर्ने । हामीलाई खाना बोक्ने पनि सिआईडी, यताउता लाने पनि सीआईडी हुने रहेछन् । चिन्नै गाह्रो । हामीले ग्रुपको हेड हेडहरुलाई समातेरमात्र त्यहाँ सुलह भयो । नत्र साह्रै दुःख पाइने । ठूलो लडाईँ भएन । तर, अलिकति तनावपूर्ण थियो । २०२१, २०२२ र २०२३ मा धेरै ठूलो भयो । नर्थ बर्नियोमा ग¥यौं । उनीहरुले जातीय आन्दोलन चल्छ भनेर बुझी सकेका रहेछन् । चार वर्ष मच्छेडले छाला काड्यो । त्यहाँबाट २६ सालमा पेन्सन आइयो ।
भीसी रामवहादुर वेघा र हामी एउटै थियौं । उनी भाइको पल्टनमा थिए । हामी दाजुकोमा । भीसीले उडाएको बंकरमा अझै विद्रोही छ भनेपछि हामी सफाइ गर्न गएका थियौं । त्यतिखेर हामीपटि ठूलो जंगल थियो । उनीहरुप्रति त्यस्तो थिएन । फायरिङमा उनीहरुको गोली लगभग चिसो आई पुग्थ्यो । बंकरभित्रकाले पहिले फायर नगरेको भए हाम्रो साथीहरु ढुट्टो हुन्थ्यो । तर, फायरिङले गर्दा तोपखाना बोलाए छन् । त्यसले २० सेकेन्ड हान्छ । ठीक टायम हुन्छ । त्यसैले तोपखानाले हानेकोमा एरिया क्लियर गर्न जाँदा भीसी लिम्बू परेको हो । तीनवटा एलएमजी, दुईवटा राइफल, साथीहरु ओसार्ने काम गर्दै रहेछ । त्यतिखेर रोल (रेजिमेन्टलाई भीक्टोरिया क्रस प्रदान गर्ने पालो) पनि त्यहि रेजिमेन्टको थियो । उनले साथीहरुलाई बचाएको साँचो हो ।
पेन्सन आउँदा ३० वर्षको उमेरमा थिएँ । त्यसैले गाउँको नेतागीरी पो सुरु गरेँ । म सुरुदेखि नै जनपक्षीय थिएँ । त्यतिखेर भक्तराज कन्दङ्वाहरु भूमिगत थिए ।
राजनीति गर्नु त साह्रो पो रहेछ । कहिले कता उठ्यो, कहिले कता ? म भूपु सैनिकको नुवाकोटमा भएको सम्मेलनमा केन्द्रमा जितेँ । म गाउँमा स्कुल बनाउनु ओर्नुमा नै लागेँ ।
लाहुरेको आम्दानी र लगानी
२०३५ सालदेखि यता भर्ति हुनेहरुले केही न केही कार्यक्रम गरी रहेको छ । हाम्रो पालामा त्यसतो केही थिएन । अब वार्डमा मिलेर जानु पर्छ, अनि नौ वार्डहुँदै एक गाविस, अर्को गाविस गर्दै गर्दा हुन्छ । बैंक चाहिँदैन । त्यहि मेनेज हुन्छ । अहिलेको केटाहरुले उद्यम गर्नेमा सोँच्नु पर्छ ।
गेसो आन्दोलन
सवैलाई मुखमा ख्वाउँदा, नाकमा गर्न सकिँदैन । गर्ने मान्छेले गर्यो त । यस्ले जिज्ञासा नचलाएको भए सुताएको सुताएकै थियो । गोरा त एक दम इमान्दार भनेको त खोज्दा लेखापढि नै थिएछ । त्यसैले यतिको पाउँदार भएको हो ।
यूकेमा साह्रै सोचेर मात्र जान सकिन्छ । नत्र दुईटा डुँढ (डुंगा)मा खुट्टा होला भनेर मैले मन मारेको छु । त्यहाँको हावापानी महँगो छ । हामी भुकम्प आउने भनेको सालमा तालिमका लागि जाने कुरा भएको थियो । तर, पश्चिम रेजिमेन्टका केटाहरुले कलेज पढ्ने केटीहरुमाथि गढवढ गरेछन् । त्यसैले तुरुन्त हवाईजहाजमा फर्र्काएछन् । अनि हामी जान पाएनौं ।
राजनीति बुझाई
एकता भएर बहुलालाई झर्याप्पै पारेर निकालियो । सल्लाघारी तिर बस्छ । त्यति सारो जनता मिलेर भयो । नेताहरुले पनि दुःख साहै्र गरेरै खाएका छन् । कम्तिमा दुई प्रधान (प्रधानमन्त्री) नआएसम्म माओवादीले छोड्न नहुने हो । भण्डार नै नचिनि दुई स्टेप, के जाति पन्थहरे… (माओवादी फुटप्रति असन्तुष्टि बुझ्न सकिन्छ) अलिकति अमिलो लागेको छ । बाँकी ठीकै छ ।
लिम्बुवानको राजनीति चाहिँ फेदाङ्माको कुरामा ‘मिसेङ ख?मा तक्साङ्देन, तक्साङ्देन ख?मा, मिफ्रादेन्, मिफ्रा फेङ्गर, हिमसाम्माङ् लो’ भनेजस्तो भएको छ । खास गरी हाम्रो त्यतापटि जुनसुकै पाटीमा भए पनि मुख्य कुरा चाहिँ छोड्नु हुँदैन । तर, यता उता, तेता … भएको छ । याङ्मु चाहिँ याङदेत्लो, ज्यासाङ, सानो संकल्प बोल्ने चाहिँ भेटिन्छ । हाम्रो नाम हराउँदैन । हामीले खोज्दा नै अरुले पनि खोजेका छन् । हाम्रो भोग कति छ, त्यति म नमरी नै पाइन्छ भन्ने विचार (लागेको) छ ।
कुराकानीमा आधारित
(प्रस्तुतिः युवराज लिम्बू)