ए सौता
अघोषित सौता
सुन मेरो कुरा सुन
तेरो कान र दिमागको
ढक्कनीहरू खोलेर सुन
तेरो छात्तीमाथि
तेरो खप्परमाथि
हातहरू राखेर सुन
म तेरो लोग्नेले
अति
प्रेमले ईज्जत गरेको
एउटा मान्छे
त्यसैले यी कुराहरू
सुनेर बुझेर
त भत्भती जलिस्
जलेरै मरिस्
मरिराख
अनी त सायद
समाजको नजरमा
उनको
बाबा, आमा र परिवारको
करकाप र बाध्यताले
भित्रिएको
अर्को मान्छे
त्यही कारण
अर्थपूर्ण सम्बन्ध रहेपनि
अर्धमरो सर्वदा
उ तेरो लोग्ने मेरो प्रेमी
त सँग
हरेक न्यायको
निमित
लड्ने हक् समाजमा छ
तर उत्तिकै
उनको बिचर
उनको प्रेम र प्रेम गर्ने मुटु
अठ्याएर राख्ने
ल्याकत चै तँ मा छैनरैछ
खैर !
त उस्को लागि
समाजको मान्छे
म उस्को लागि
मन मुटुले प्रेम गरेको अर्को मान्छे
स्थान आफ्नो आफ्नो
मैले उनको
त र परिवार माथिको दायित्व र मान्छे
खोसेको होईन
शिवाय दुनियाँलाई प्रेम र सम्मान गर्ने मुटु ।
मेन्छ्यायेम, तेह्रथुम, हालः हङकङ