सुखि नेपाल समृद्ध नेपाल, मगरात पहिचान नेपाल बनाउन मगर नै अगाडी बढ्नु पर्ने

ललितपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिती ललितपुर जिल्लाको बार्षिक कार्यक्रम तथा SEE  सम्मान तथा छात्रा बृति बितरण कार्यक्रमको अध्यक्षता नेपाल मगर सघ जिल्ला समन्वय समिती ललितपुर जिल्लाको अध्यक्ष कृष्णगोपाल थापा मगर, प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य एबम् जुजारु युवा नेत्री प्र.नं.३  मनानिय सभासद लालकुमारी पुन मगर ‘सुसिला’ ज्यु द्धारा समुद्घाटन गर्नुभयो भने बिशेष अतिथी नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ ,नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको बरिष्ठ उपाध्यक्ष कृण बहादुर राना मगर, नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको अध्यक्ष राज कुमार थापा मगर, अतिथिको रुपमा नेपाल मगर विद्यार्थी सघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगर , नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको सदस्य लेखराम सारु मगर, नेपाल मगर महिला केन्द्रिय सदस्य दिपा थापा मगर, नेपाल मगर बैद्ध सेवा समाको अध्यक्ष,मगर सेवा समाजको अध्यक्ष लगायत बिभिन्न अग्रज ब्यक्तीहरुको उपस्थित रहेको थियो ।


प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य एबम् जुजारु युवा नेत्री प्र.नं.३  मनानिय सभासद लालकुमारी पुन मगर ‘सुसिला’ ज्युले भन्नुभयो सुखि नेपाल समृद्ध नेपाल बनाउन मगर नै अगाडी बड्नु पर्ने  उहाले भन्नुभयो हामी मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास  जोगाउनु नयाँ पिडिलाइ  स्थापित गराउन एक डिक्का भएर अगाडि बड्न निर्देशन दिनुभयो ।


कार्यक्रममा बोल्दै भन्नुभयो हामी मगरहरु सास्कृतिक,रिती,रिवाज,चालचलनमा विविध छौँ, भाषिक हिसावमा मगर ढुट, मगर खाम÷पाङ र मगर काइके । यी मध्ये मगर ढुटका वक्ताहरू अत्यधिक सङ्ख्यामा रहेको पाइन्छ । यो भाषा बोल्ने मगरहरू पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी हुँदै पूर्वमा उदयपुर, सिन्धुली, धनकुटा, दार्जलिङ र भुटान हुँदै पश्चिमतिर सुर्खेत जिल्लासम्म बोल्ने गरेको पाइन्छ । मगर खाम÷पाङ विशेष गरी रोल्पा, रूकुम जिल्लाका मगरहरूले बोल्ने गर्दछन्  यो भाषा म बोल्दछु भन्नुभयो। सबभन्दा कम मगरहरूले बोल्ने मगर भाषा काइके हो । जुन डोल्पाको सहरतारा, टुपतारा र ताराकोट तीन गाउँमा बोल्ने गरिन्छ। खस साम्राज्यकालमा गण्डकी प्रदेशकै तनहूँ, भिरकोट, पाल्पा, गुल्मी र प्यूठानभेकमा मगर जातिका मुखियाहरूले अधीनस्थ सामन्तका रूपमा स्थानीय शासन चलाएका थिए। त्येसैले मगरुहरुको सबै भाषालाइ सम्मान गर्दै लोप हुनबाट जोगाउन पर्छ। साथै सामजिक,आर्थिक,राजनैतिक रुप सगै देशको विकास लागी अगाडी बड्न सुखि नेपाल समृद्ध नेपाल बनाउन मगर नै अगाडी बड्नु पर्ने धारणा ब्यक्त गर्नभयो ।


त्यसै गरि बिशेष अतिथीरुपा  सम्बोधन गर्दै  नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ले  सङ्गठन सुद्धिडकरण तथा मगरात पहिचान सहितको सघिय गणतन्त्र नेपालको सहित स्थापन गर्न अवको भुमिका राख्दै भन्नुभयो नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि देखिन्छ ।आदिवासी, मुलवासी एसियाको पुरानो  जाती मगर नै हो, मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचानअाधारित नाम हो मगरात।  “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास  मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले  मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग  हो ।

” नेपालको पुरानो नाम नै मगरात हो,  मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णालीभन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्वसहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं त्यस सम्पुर्ण मगरहरु एक भए लाग्न निर्देशन दिनुभयो।कार्यक्रमा बोल्दै मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ भन्नुभयो पहिचान (जातीय बाहुल्य ऐतिहासिकता, भाषिक बाहुल्यता वा सांस्कृतिक सघनता) र भूगोल(क्षेत्रीयता) दुबैलाई आ-आफ्नो स्थानमा संबोधन गरेर सहमतिकासाथ जाने बाटो तय गर्नु अहिलेको निकासको सहज र उपयुक्त बाटो हुनसक्छ र हुनुपर्दछ ।


विश्वको अनुभवले पनि सबैको सहअस्तित्व र पहिचानको सम्बोधन हुने विधि र प्रक्रिया अपनाउनु निकासको एक मात्र बाटो हुनसक्छ ।मगरात राज्य लक्ष्य प्रतिको दृढ निश्चयता नै मगरहरु सबै उपलब्धिको पहिलो बिन्दु हो।सिद्धान्त र नीतिगत क्षेत्रमा नयाँ सोच्ने कुरा  आफैँमा पेचिलो र गम्भीर विषय हो । त्यसैले संगठन बिस्तार र बैचारिक तथा सैद्धान्तिक नीति लिएर अधिराज्य भरी मगर समुदायको हक अधिकारको सुनिश्चितता गर्दै  मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनको (सङ्घर्ष)सहित अगाडी बड्नुपर्छ। साथै ” मगरहरुको (मगरात) बुद्धीमा नयाँ उज्यालो थप्नुपर्छ, मगरात अवस्थावारे गम्भिर भएर सोँच्दै योजना बनाउदै अनि मगरहरुको मगरात  सुनिश्चिताको लागी मगरात राज्य लक्ष्य प्राप्तीको लागी ( दृढ) आन्दोलन निरन्तरता निश्चयता नै मगरहरु सबै उपलब्धिको पहिलो केन्द्र बिन्दु  केन्द्रितय बनाउन आबद्ध सम्पुर्ण मगर संगठन र बैचारिक तथा सैद्धान्तिक नीती (साझा मुद्धा नै मगरात हो) मगरात स्थापित गर्न राज्य अधिराज्य भरी मगर समुदायको हक अधिकारको सुनिश्चितता गर्दै  मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनमा एक जुट हुनुको विकल्प नै छैन। मगरात इतिहास हो। मगरात बर्तमानमा स्थापित हुनेछ।संविधान भनेको अन्ततः सम्झौताको दस्तावेज हो । त्यहि सम्झौताको दस्तावेजमा मगरात सहितको गणतन्त्र नेपाल बानाउन तपाई हामी सबैको दयित्ब र कर्तव्य हो भन्नुभयो। साथै कार्यक्रममा नेपाल मगर संघ  जिल्ला समन्वय समिति  ललितपुरको  वाषिर्क  कार्यक्रम कार्यक्रममा  SEE  सम्मान तथा छात्रा बृति बितरण ,बुद्धिजीवी सम्मान बक्तित्वकला तथा चिठ्ठा कार्यक्रम गरि कार्यक्रममा सौहार्द पुर्ण तरिकाले समपन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार