नयाँ योजना बनाउन जनजाति प्रतिष्ठानद्वारा कार्यदल गठन

ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापनादेखि हालसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रमको प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।

 

ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रम प्रस्ताव तयार’ गरी पेश गर्नका लागि कार्यदल गठन गरेको हो ।

 

प्रतिष्ठानको सबै महाशाखा, शाखा र अधिकृतहरु प्रमुख सदस्य रहने गरी गठन गरिएको कार्यदलले साउन १५ सम्म प्रतिवेदनको मस्यौदा तयार गर्नेछ । संयोजक पुनका अनुसार साउन २५ सम्म आदिवासी जनजाति महासंघ र आदिवासी जनजातिहरुको महासंघीय संरचना भएका महिला, पत्रकार, युवा, बिद्यार्थी, चलचित्रकर्मी, अपाङ्ग महासंघसँग छलफल गर्ने कार्ययोजना तय गरिएको छ ।

 

साउन ३० गतेसम्म सञ्चालक परिषद्को उपलब्ध सदस्यहरु र प्रतिष्ठानको पूर्वपदाधिकारी तथा आदिवासी जनजाति विज्ञहरूसँग छलफल गर्ने, भाद्र पहिलो हप्ताभित्र मन्त्री, मन्त्रालय र राष्ट्रिय योजना आयोग सहितको निकायहरुसँग छलफल गर्ने योजना बनाएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार