मगर संघ चितवनको फागुन १५ गते ३८औँ राष्ट्रिय मगर एकता दिवस मनाउने भब्य तयारी

वि.सं. २०१२ फागुन मा गुल्मीको भार्सेमा क्याप्टेन पूर्णबहादुर घर्तीमगरको नेतृत्वमा पहिलोपटक ‘मगर समाज सुधार संघ’को स्थापना भएको थियो । त्यसपछिका विभिन्न कालखण्डमा विभिन्न जिल्लाहरूमा भएको भेलाले त्यसैलाई फेरबदल गर्दै आउने क्रममा २०३८ साल माघमा देशभरका २० वटा जिल्लाको उपस्थितिमा सम्पन्न भेलाले नेपाल लाङ्घाली संघ केन्द्रीय तदर्थ समिति गठन भएको थियो ।

सोही संस्थालाई २०४८ सालमा गोरेबहादुर खपाङ्गीमगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै नेपाल लाङ्घाली परिवार संघको नामलाई रूपान्तरण गर्दै नेपाल मगर संघको नामाकरण गरिएको थियो । त्यसपछि वि.सं. २०३९ सालमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमार्फत देशैभरका सम्पूर्ण मगर समुदायलाई एकतावद्ध बनाई नेपाल मगर संघलाई निरन्तरता दिन थालेकाले सोही वर्षदेखि हरेक वर्ष फागुन १५ गतेका दिन देशैभरका मगरहरूले ‘राष्ट्रिय मगर एकता दिवसको रूपमा मनाउन थालिएको हो ।

चितवन जिल्लाभर बसोबास गर्ने मगर समुदायको उपस्थिति रहने उक्त कार्यक्रममा विभिन्न कलाकारहरूमार्फत गीतसंगीत समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायकहरू सुमन आलेमगर, सञ्जय थापामगर, निश्चल मगर, कौडा दूत बलबिक्रम थापामगरलगायतका कलाकारहरूको प्रस्तुती रहने सांस्कृतिक संयोजक एवम् कलाकार प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । साथमा सोरठी, झ्याउरे, कौराहा, सालैजोलगायतका मौलिक संस्कृति झल्किने खालका नृत्य प्रदर्शन गरिने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार