राष्ट्रिय महिला आयोग पदाधिकारी विहिन कार्य गर्न कठिनाई

काठमाडौं । राष्ट्रिय महिला आयोगले पदाधिकारी विहिन हुदा काम गर्न कठिन भएको जनाएको छ ।  आयोगका सचिव दीपेन्द्र काफ्लेले संवैधानिक निकाय महिला आयोग पदाधिकारी विहिन हुनु विडम्बना भएको भन्दै यसका कारण काम गर्न कठिन भएको बताए ।

 

शुक्रबार राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक संवेदनशीलताको सम्बन्धमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव काफ्लेले आयोगले पूर्णता पाउन नसक्दा महिला हिंसा तथा प्रजनन अधिकार लगायतका नीतिहरुलाई नियमावली बन्न नसक्दा काम गर्न कठिन भइरहेको बताए ।

 

त्यस्तै आवश्यकता अनुसार महिला आयोगले प्रदेशमा पनि आफ्नो कार्यालय स्थापना गर्न सक्ने व्यवस्था भएकाले आयोगले ओएनएमए सर्भे गरेर सरकारलाई बुझाएपनि स्वीकृत हुन नसकेको जानकारी गराए । उनले सरकारले स्वीकृति गरेरआवश्यक कर्मचारीको व्यवस्था गरे सातै प्रदेहमा तत्काल कार्यालय स्थापना गर्न आयोग तयार रहेको बताए  ।

 

उनले अहिले पनि घरेलु हिंसाबाट घेरै महिलाहरु प्रताडि रहेको भन्दै बजेट अभावका कारण विकट जिल्लाबाट न्यायका लागि आयोगमा आएका पीडितहरुलाई यातायात खर्च तथा आश्रय स्थलको व्यवस्थागर्न नसकिएको उल्लेख  गरे  ।  त्यस्तै उनले आयोगले लैङ्गिक हिंसा न्यूनीकरण गर्न विगत १८ वर्षदेखि प्रभावकारी रुपमा काम गर्दै आएको बताए । आयोगले गत आर्थिक वर्षमा ९३ प्रतिशत भौतिक प्रगति र ६६ प्रतिशत वित्तिय प्रगति गरेको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार