काठमाण्डौं ।
सोमबार बिहान पैदल हिंडिरहेकी धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिए पश्चात उपचारको क्रममा मृत्यु भएको छ ।
घाइते पन्तको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।
स्नातक तह चौथो बषर््ामा अध्ययन रत सहपाठीलाई ठक्कर दिएर बस भागेपछि आक्रोसित पशुपति क्याम्पसका विद्यार्थीले चावहिलमा बा ४ ख ७१०१ नम्बरको बस आगजनी र तोडफोड गरेको डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए। बसमा लागेको आगो दमकलको सहायताले निभाइएको थियो ।
घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा विद्यार्थीहरुले सडकमा केही समय यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका थिए। चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।