विकासका लागि सत्ता र प्रतिपक्ष मिल्नुको विकल्प छैन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुुलुकको समग्र विकासका लागि राजनीतिक दल मिल्नुको विकल्प नहुने बताउनुभएको छ ।

 

गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिद्वारा आज यहाँ आयोजित ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दल मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

 

मन्त्री गुरुङले भन्नुभयो, “सरकार समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूरा गर्नेतर्फ द्रूत गतिमा लागेको छ, त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प छैन, यस कार्यमा सबै एक भएर लाग्नुपर्छ ।”

 

मन्त्री गुरुङले नेपाली जनताको चाहनाअनुसार मुलुकलाई समृद्ध बनाउन नागरिक समाज, वुद्धिजीवी, कलाकार, पत्रकार र साहित्यकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा सरकारको कमीकमजोरी भए आत्मा आलोचना गरी अघि बढन तयार रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार