काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २४ हजार ९७ जना छन् । आठ हजार २ सय ३९ आइसोलेसनमा रहेका छन् ।
शनिबार ४३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको छ ।
कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।