काठमाडौँ । प्रहरीले अवैध रूपमा मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा २ जना महिला र एक वडा अध्यक्ष हुन् । प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन हुन् ।
उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ ।